बुटवलमा सडक खाना महोत्सव शुरु
होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीको प्रथम बुटवल सडक खाना महोत्सव आजदेखि शुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने सो महोत्सवमा इण्डियन, चाइनिज, इटालियन, जापनिज, थाई खानाका साथै स्थानीय थारु, मगर, गुरुङ्ग, थकाली समदायका खानासमेतको ४० कक्ष छन् । सो अवसरमा प्रदेश नं ५ का वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री लीला गिरीले बुटवलको महोत्सवस्थललाई होटल तथा रेष्टुरेण्ट क्षेत्रको रुपमा र स्थानीय अमरपथलाई व्यावसायिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
बुटवल उप महानगरपालिका–९ र ११ अन्तर्गत पर्ने स्थानीय तीनकुनेदेखि जागरण चोकसम्म महोत्सव सञ्चालन भएको छ । महोत्सव अवधिभर बुटवलका होटल तथा रेष्टुरेण्टले आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुटसमेत दिने भएका छन् । यस क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि पनि महोत्सव फलदायी हुने सङ्घका जिल्ला अध्यक्ष समुन्द्र जीसीले बताउनुभयो । बुटवलका एक हजार ३०० होटेल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घमा आवद्ध छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सडक खाना महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्