Techie IT
बुधबार, कात्तिक २६,२०८३

बैशाखयताका विपद्जन्य घटनामा १२९ को मृत्यु


 

काठमाडौं । बैशाखयता भएको एक हजार १६९ विपद्जन्य घटनामा १२९ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार ती घटनामा परेर तीन जना बेपत्ता भएका छन् भने ३२३ जना घाइते भएका छन् ।

कुल एक हजार ४९७ परिवार प्रभावित भएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । कुल अनुमानित रु ७२ करोड ३४ लाखको क्षति भएको छ ।

विभिन्न ११ प्रकारका विपद्का घटनामध्ये सबैभन्दा बढी चट्याङबाट ५५ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसपछि आगलागीबाट १९ र पहिरोबाट १७ को मृत्यु भएको छ अघिल्लो वर्षको तुलनामा यसपालि विपद्जन्य घटना र जनधनको क्षति भने कम छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विपद्जन्य घटना, #वैशाखयताका विपद्जन्य घटनामा १२९ को मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्