जङ्गली च्याउ खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी
जुम्ला। जङ्गली च्याउ खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन् । जङ्गली च्याउ खाएपछि जुम्ला तिला गाउँपालिका–४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमाल परिवारका पाँच जना बिरामी भएका हुन् ।
बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका लालबहादुर रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।
हमाल परिवारले आइतबार साँझ जङ्गलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । स्थानीय यज्ञप्रसाद चौलागाईंका अनुसार च्याउ खाए लगत्तै बिरामीले रिंगटा लाग्ने र निरन्तर बान्ता गरेपछि आइतबार राति नै अस्पताल पठाइएको थियो । लक्ष्मीबहादुर र छोरी सम्झौताले बोल्न छाडेपछि राति नै अस्पताल ल्याइएको थियो । अहिले सम्झौताबाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रहरीले जङ्गली च्याउको जथाभाबी सेवन नगर्न आग्रह गरेको छ । जङ्गलमा पाईने सबै च्याउ खान नमिल्ने भएकोले सचेत रहन प्रहरीको सुझाव छ ।जङ्गलमा पाईने कुन प्रजातिको च्याउ ल्याएर खाने भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #जङ्गली च्याउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्