साउन महिनाको दोस्रो सोमबार पशुपतिमा रमझम
काठमाडौं । साउन महिना शिवजीको पूजा अराधाना गर्ने महिनाको रुपमा लिने गरिन्छ । यो महिनामा पनि सोमबार विशेष मानिन्छ । अघिपछि पनि सोमबार शिवजीको व्रत बस्ने गरिन्छ भने साउनमा व्रत बस्नुलाई त झनै महत्वपूर्ण मान्ने गरिएको छ ।
आज साउन महिनाको दोस्रो सोमबार । विशेषगरी महिला तथा युवतीहरुले आफ्ना श्रीमानको दीर्घायुका लागि कामना गरेर व्रत बस्छन् भने अविवाहितहरुले असल श्रीमान पाउनका लागि कामना गर्ने विश्वास गरिँदै आएको छ ।
यो महिना पशुपतिनाथ मन्दिरमा हजारौँ भक्तजनहरुले दर्शन गर्छन् । यो महिना बोलबम जाने गरिन्छ । महिला तथा युवतीहरुले पहेँलो हरियो वस्त्र लगाउने, व्रत बस्ने एवम् पूजा अर्चना गर्ने गर्दछन् । पछिल्लो समय पुरुषहरु पनि बोलबम जाने व्रत बस्न थालेका छन् ।
यसै क्रममा आज सोमबार पनि पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीडा लाग्यो । शिवजीको स्तुति गाउँदै भक्तजनहरुले पशुपति दर्शन गरे । त्यसपछि मन्दिर परिसरमा भजनमा नाचगान गर्दै उनीहरुले साउने सोमबार मनाएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपति, #साउन महिनाको दोस्रो सोमबार पशुपतिमा रमझम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्