प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी
मकवानपुर। प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । नवौँ महाधिवेशनअन्तर्गत आइतबार साँझ सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा लम्सालले ७ सय ४५ मतसहित विजयी हुँदा अर्की आकाङ्क्षी अनिता विन्दुले ६ सय १२ मत मात्रै पाउनुभयो । लम्साल संस्थापन इतरको उम्मेदवार हो भने अनिता बिन्दु संस्थापन पक्षको उम्मेदवार हो । अर्का आकाङ्क्षी भुवन भट्टले १९ मत मात्रै पाउनुभयो ।
१ हजार ६ सय मतदातामध्ये १ हजार २ सय ९७ मत खसेको थियो । अध्यक्ष र पदाधिकारीको मतगणनापछि सदस्यहरूको मतगणना हुनेछ । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी (६८५ मत) विजयी हुनुहुँदा अर्का आकाङ्क्षी सरोज अधिकारी (६६५ मत) हुनुहुन्थ्यो । खुला उपाध्यक्षमा नकुल अर्याल (७७५ मत) र भीष्मराज ओझा (६४० मत) विजयी हुनुभयो ।
महिला उपाध्यक्षमा सलोजा दाहाल (७२० मत) विजयी हुनुभएको छ । यस्तै प्रदेशबाट उपाध्यक्षमा डिल्लीराम खतिवडा (१ नं. प्रदेश), अनिल कर्ण (मधेश प्रदेश), डा. मुरारी अधिकारी ( बागमती), ऋषिकान्त पौडेल (गण्डकी), माधवप्रसाद अर्याल (लुम्बिनी), राजेन्द्र बहादुर कार्की (कर्णाली), प्रेम चुनारा (सुदूरपश्चिम), जीवन भण्डारी (उपत्यका) विजयी हुनुभएको छ । महासचिवमा दिलीप पौडेल (८७८) विजयी हुनुभएको छ ।
उपमहासचिव पदमा युवराज गौतम, कमल पन्त र रविन्द्र सुवेदी निर्वाचित भएका छन् । उपमहासचिव महिलामा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित हुनुभएको छ । उपमहासचिव समावेशीमा अभय कुमार राई निर्वाचित हुनुभएको छ । सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत निर्वाचित हुनुभएको छ । सचिव महिलामा पुष्पा शर्मा विजयी हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रेस युनियन, #शिव लम्साल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्