भन्सार छली गरी ल्याएको ४२० बोरा चिनी सहित ट्रक बरामद
चितवन । अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको चिनीसहित एक ट्रकलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सुराकीको आधारमा आज (आइतबार) ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक अनोज बिश्वकर्माको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले खैरहनी नगरपालिका वडा नम्बर ६ स्थित पुरानो पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ४२० वोरा चिनीसहित ट्रकका चालकलाई नियन्त्रणमा लिएको हो ।

पराजुली खाध उद्योग अगाडी रोकिराखेको लु २ ख १०३२ नम्वरको ट्रकलाई रितपुर्वक नियन्त्रणमा लिइ खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी ल्याएको अवस्थामा ४२० वोरा चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । ट्रकभित्र प्रति बोरा ५० किलो भएको ४२० वोरा चिनी बरामद गर्न सफल भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको चिनीको मूल्य १८ लाख ६९ हजार रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
बरामद गरिएको चिनी सहितको ट्रक तथा ट्रकका चालकलाई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाइएको छ ।
चितवन प्रहरीका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जिल्लाको कमान्ड सम्हालेपछि प्रहरीले पुर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधनहरुको चेकजाँचलाई कडाइका साथ लगेको छ । सोही अनुसार प्रहरीले आफ्नो सक्रियता बढाएसंगै ठूलो मात्रामा सफलता समेत हात पार्दै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्