बागमती खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला
काठमाडौँ । शनिवार दिउँसो काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेको छ।
काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान शनिवार दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्।
उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। शनिवार जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेको थियो।
आज बिहान करिब ७ बजेदेखि पुनःसुरक्षाकर्मीको टोलीले खोजी गर्दा हराएको ठाउँ नजिकै फेला परेको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बेपत्ता किशोर मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्