तीन वर्षीया बालिका बलात्कार गरी हत्याको प्रयास
दाङ । दाङमा तीन वर्षीया बालिका बलात्कार गरी हत्या प्रयास भएको छ ।
बबई गाउँपालिका-५ की ३ वर्षीया बालिकालाई सोही ठाउँका १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कारपश्चात भीरबाट खसालेर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
बालिकाको सुनको मुन्द्रा लुटेर भीरबाट करिब ५० मिटर तल खसालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार बालिकाका परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । दिउँसो २ बजेदेखि नै ती बालिका किशोरको साथमा थिइन् । प्रहरी घटनास्थल पुग्दा बालिकालाई पानी प्यासले रोइरहेको अवस्थामा भेटेको अर्यालले बताए ।
बालिकालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । बलात्कारमा संलग्न किशोर प्रहरी हिरासतमा छन् । ती किशोर यसअघि पनि चोरीका घटनामा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #बालिका बलात्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्