पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ८८ पीसीआर परीक्षणमा २१६ र १ हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी जम्मा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ रहेको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ३९४ रहेको छ भने कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ लाख ३६ हजार ७३८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #कोरोना भाइरस, #कोरोना भाइरस संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्