भारतीय ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
मोरङ। बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट चालक परियार र पछाडी सवार राई घाइते भई उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटको टे«लर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना, #सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्