भिमसेनथापा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता टोलटोलमै वितरण गर्ने
गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरबाटै दिन तयारी थालेको छ । मेगा बैंक घ्याम्पेशाल शाखासँगको सहकार्यमा अब सेवाग्राहीको घरघरबाटै भत्ता वितरण गर्नका लागि सबै तयारी पुरा भएको गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा(अक्कलले जानकारी दिनुभयो ।
अध्यक्ष बञ्जराले सामाजिक सञ्जालमा भत्ता वितरण तालिका सहितको पोष्ट राख्दै भनेका छन्, “गाउँ टोल घरघरमा स्थानीय सरकारको महसुस हुने गरी कामलाई थालनी गरिदै छ । अब सामाजिक सुरक्षा भत्ता गाउँ टोलमै वितरण गर्न मेगा बैंकसँग सहकार्य भएकाले तालिका अनुसारको मिति, समय र स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण हुने जानकारी गराउँदछौँ । आउनुहोस् समृद्ध भिमसेनथापा गाउँपालिका बनाउन सबैले हातेमालो गरौँ । ”
मेगा बैंकले जारी गरेको तालिका अनुसार यही श्रावण १० गते वडा नं. १, ११ गते वडा नं. २, १२ गते वडा नं. ३, १५ गते वडा नं. ५, १६ गते वडा नं. ७ र १७ गते वडा नं. ८ को वडा कार्यालय भवनबाट वितरण गरिने छ ।

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #भिमसेनथापा गाउँपालिका, #लोक प्रसाद बञ्जरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्