चरिकोटमा हिमपात, जनजीवन प्रभावित
दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो ।
हिमपातसँगै वर्षा भई चिसो बढेका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ । काठमाडाँैबाट नजिकको दूरीमा दोलखा आई हिउँसँग खेल्न बाहिरबाट पर्यटक आउने हुँदा जिल्लाको होटल व्यवसायी खुशी भएका होटल सङ्घ दोलखाका अध्यक्ष सन्तोष पाठकले बताउनुभयो ।
दोलखको कालिञ्चोक र कुरीबजारमा अहिले हजारौँको सङ्ख्यामा हिउँ खेल्न पर्यटक पुगेका र कुरीका सबै होटल भरिएको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #हिमपात
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्