सुदूरपश्चिम प्रदेशमा कुल बजेटको ६६ प्रतिशत मात्र बजेट खर्च
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ६६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेटमध्ये २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार रुपैयाँ मात्र खर्च गरेको हो ।
अघिल्लो आर्थिक वर्षको बजेटमध्ये १० अर्ब ५० करोड ९४ लाख ९८ हजार रुपैयाँ खर्च गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, चालुतर्फ १२ अर्ब ३८ करोड ५४ लाख बजेट रहेकोमा ९ अर्ब १ करोड ६४ लाख मात्रै खर्च गर्दै ७१।७१ प्रतिशत खर्च गरेको छ ।
प्रदेश पुँजीगततर्फ विनियोजन गरेको कुल १७ अर्ब ६५ करोड ४० लाख रुपैयाँमध्ये ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ ।
प्रदेशमा अझै दरबन्दी अनुसारको जनशक्ति नहुनु, कोरोना महामारी लगायतका कारण बजेट खर्च नभएको प्रदेश सरकारले दाबी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश, #सुदूरपश्चिम प्रदेश सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्