अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला । दुई दिनदेखि लगातार भइरहेको अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
वर्षातले कालिकोट जिल्लाको पिली सडक खण्डमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान खडाचक्र नगरपालिका–७ स्थित पिलि सडक खण्डको माथिबाट सुक्का ढुङ्गा माटो सहितको पहिरो आउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
बुधबार गएको पहिरो पन्छाए लगत्तै बिहीबार बिहान पुनः सोही क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । यातायात ठप्प छ । सयौँ यात्रु अलपत्र अवस्थामा परेका छन् ।
जुम्लादेखि नेपालगन्ज जाँदै गरेका यात्रु लोकेन्द्र गिरीले भन्नुभयो, “जुम्ला खण्डको नाग्मदेखि रारालिहि र कालिको खण्डमा सडक स्तरबृद्धि भईकोले पहिरो आउने समस्या छ । दैलेख खण्डमा भने त्यति समस्या छैन । यात्रालाई सहज गर्न पहिरो पन्छाउने कार्यलाई प्रभावकारी गर्नुपर्ने देखिन्छ ।”
यता सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले पिलिमा गएको पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडक खुलाउन मेसिन सहित जनशक्ति पिलि क्षेत्रमा खटिएको छ । सडक स्तरबृद्धि भइरहेकोले पहिरो आउने क्रम जारी छ । अवरुद्ध सडक खुलाउन मेसिन सहित जनशक्ति तैनाथ छन् । तर एकै पटक धेरै ठाउँमा पहिरो गएको खण्डमा केही समय लाग्छ ।”
प्रमुख श्रेष्ठका अनुसार नाग्म–गमगढी सडक खण्डको केही क्षेत्रमा सडक अवरुद्ध भएको छ । भने सडक अवरुद्ध खुलाउन कर्णाली राजमार्गको पिलि, मान्मा, रारालिहि र नाग्म–गमगढी सडकको बुलबुले क्षेत्रमा मेसिन सहित जनशक्ति तयारी अवस्थामा रहेको प्रमुख श्रेष्ठको भनाई छ ।
वर्षा जारी रहेको र एकै पटक धेरै ठाउँमा पहिरो आएमा नागरिकले भने र चाहेजस्तो छिटै सडक खोल्न मुस्किल हुने सडक डिभिजन जुम्लाले जनाएको छ । यद्यपि, निरन्तर सडक खुलाउन लागि परेको समेत प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्