एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ
बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार मङ्गलबार सैनामैना नगरपालिका वडा नं. १० झिमपुर बस्ने वर्ष २७ का रोशन थारु र सैनामैना नगरपालिका वडा नं. ५ बालापुर बस्ने वर्ष २७ को कमल कुमालले आफ्नै घरमा लुकाई राखेको करिव एक केजी पाँचसय ग्राम सुकेको गाँजासहित पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार रोशन थारुको घरबाट एक केजी ३५० ग्राम र कमल कुमालको घरबाट दुईसय १० ग्राम गाँजा बरामद गरिएको हो । घरमै लागूपदार्थ गाँजा राखेर उनीहरुले विक्रीवितरण गर्दै आएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्