चितवन प्रहरीको सचेतनामुलक सडक सुरक्षा कार्यक्रम सम्पन्न
चितवन । चितवन प्रहरीले सडक सुरक्षाका लगि सचेतनामुलक सडक सुरक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मुग्लिङ प्रहरी र मुग्लिङ ट्राफिक प्रहरीको संयुक्त आयोजनामा हिजो (बुधबार) ईच्छाकामना गाउँपालिका ५ मुग्लिङ बजारमा “सडक सुरक्षा” कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त राजमार्गमा चल्ने साना तथा ठूला सवारी साधनहरुका चालक तथा सहचालकहरुलाई सम्भावित सडक दुर्घटना न्युनीकरण सम्बन्धी ट्राफिक नियमको पालना गर्नका लागी सम्झाई बुझाई सचेतनामूलक “सडक सुरक्षा” कार्यक्रम सम्पन्न गरिएको चितवन प्रहरीले जनाएको छ ।
पछिल्लो समय जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएसंगै त्यसलाई पहिचान गरि सम्भावित दुर्घटनाको उच्च जोखिम रहेको स्थानमा प्रहरीले सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको छ । सोही कार्यक्रम अनुसार प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सडक सुरक्षा” सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्