झापा गाउँपालिका सिमलडाँगीमा आगलागी छ घर जलेर नष्ट
झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलीको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो। आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ।
अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको प्रहरीले बताएको छ। आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको तथा अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पनि जलेको प्रहरीले जानकारी दिएको छ। स्थानीयहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
क्याटेगोरी : समाचार
ट्याग : #आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ४एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ५पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ६तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ७काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ८एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?






तपाईको कमेन्ट लेख्नुहोस्