नेपाल पर्यटन बोर्डले अष्ट्रेलियनसँगको सहकार्यमा दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने
नेपाल पर्यटन बोर्डले अष्ट्रेलियन राजदूतावाससँगको सहकार्यमा दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ। सोमबार बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नबीचको भेटमा दुवै देशको पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको हो।
भेटका अवसरमा आर्थिक तथा पर्यटन कूटनीतिकका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको बोर्डले जनाएको छ। बोर्डका सिइओ डा. रेग्मीले कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको बताउँदै साहसिक पर्यटनमा रुचि राख्ने अष्ट्रेलियन पर्यटकका लागि नेपाल एक आकर्षक गन्तव्य भएको उल्लेख गरे।
उनले अष्ट्रेलिया र नेपालबीच सिधा हवाई कनेक्टिभिटी नभएका कारण पर्यटक कम आएको र हवाई कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरे। नेपालका अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दूतावास तयार रहेको बताए। अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा कूटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अगाडि बढाउनु पर्नेमा म्याकिकर्नले जोड दिए।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्