योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माथि दफावार छलफल जारी
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माथि दफावार छलफल जारी रहेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालयको प्रकृति, सङ्गठनात्मक संरचना, लगानी, अध्ययन अनुसन्धानका क्षेत्रलगायतका विषयमा सांसदहरुले धारणा राख्नुभयो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विधेयक अहिलेको आवश्यकता भएकाले तत्काल पास गरेर लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।
पूर्व शिक्षा मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेल, नेकपा एमालेका सांसद योगेश भट्टराई, सरिता न्यौपाने, मीनबहादुर विश्वकर्मा, प्रेम सुवाल लगायतले छलफलमा भाग लिनुभयो ।
त्यस्तै, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक संशोधनसहित अर्को बैठकले पारित गर्ने जानकारी गराउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #योगमाया आयुर्वेद विश्वविद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्