करारका कर्मचारी नहटाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ ।
नयाँ जनप्रतिनिधि आएपछि यसअघि जनप्रतिनिधिले राखेका करारका कर्मचारीको म्याद साउन १ गतेदेखि स्थानीय सरकारहरूले थप गरेका थिएनन्।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक र प्राविधिक सहायकको करार सम्झौता पनि स्थानीय तहले भंग गरिदिएपछि प्रधानमन्त्री रोजगार केन्द्रले नहटाउन भनेको हो ।
केही स्थानीय तहबाट रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७६’र ‘स्थानीय तहमा प्राविधिक सहायक र रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ मा व्यवस्था भए बमोजिम कार्य सम्पादन मूल्याङ्कनका आधारमा करार नवीकरण गर्नु पर्नेमा केही स्थानीय तहले कार्यपालिकाको निर्णयका आधारमा करार भङ्ग गरेको जानकारी प्राप्त हुन आएकोले यस कार्यक्रमको पुनगम्भिर ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री रोजगार कार्यक्रम, #श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्