Techie IT
शनिबार, कात्तिक ८,२०८३

दैलेखमा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु


काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

कर्णाली–कोटाछाल–दुल्लु लिफ्टिङ खानेपानीको बोडघाटमा रहेको ट्यांकीमा डुबेर दुल्लु नगरपालिका वडा नं ३ सियालाका बखत महतका छोरा दिनेश र छोरी अनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उनीहरुको हिजो दिउँसो ट्यांकीमा डुबेर मृत्यु भएको हो। ट्यांककी खुलै राखेर आयोजनाले लापरबाही गर्दा बालबालिकाको मृत्यु भएको स्थानीयले बताएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #डुबेर दुई बालबालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्