त्रिचन्द्र कलेजको पुनर्निर्माणलाई उपेक्षा गर्नु प्राज्ञिक जगतकै उपहास: प्रदीप पौडेल
काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले त्रिचन्द्र कलेजको पुननिर्माणलाई उपेक्षा गर्नु प्राज्ञिक जगतकै उपहास भएको बताउनु भएको छ ।
सामाजिक संञ्जाल फेसबुक मार्फत नेता पौडेलले भन्नु भएको छ: ईतिहासदेखि नै दक्ष प्राज्ञ,प्रशासक, वैज्ञानिक, राजनीतिज्ञ तथा बरिष्ठ साहित्यकारहरु जन्माउदै आएको मुलुककै एतिहासिक ज्ञानकेन्द्र त्रिचन्द्र कलेजको पुनर्निर्माणलाई उपेक्षा गर्नु भनेको प्राज्ञिक जगतकै उपहास गर्नु हो। हाम्रो शिक्षाको गौरवपूर्ण इतिहासलाई जीवन्त राखिराख्न पनि मौलिक शैलीमा यसका पुरातन भौतिक संरचनाहरुको संरक्षण गर्नुपर्छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको क्याम्पसको भौतिक संरचनाको पुनस्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्। कलेजमा अध्ययनरत विद्यार्थीहरुले भवन कतिबेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको छ ।
वर्षाको समयमा भवनका कक्षाकोठामा पानी चुहिने गरेको छ। अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीको संख्या बढीरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको विद्यार्थीको गुनासो छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आफूले अध्ययन गरेको कलेजको पुनस्निर्माणका लागि कुनै चासो नदिएको विद्यार्थीको गुनासो छ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्