बाँके प्रहरीद्धारा ६ करोड बराबरका चोरी पैठारीका सामान बरामद
नेपालगञ्ज । बाँके प्रहरीले एक वर्षमा झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीका सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालय बाँकेले ५ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरमा सामान बरामद गरेको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा साढे २ करोडको अवैध मालसामान बरामद गरिएको थियो । भन्सार चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेका छन् ।
चालू मुद्दामा पक्राउ पर्ने प्रतिवादीहरूको सङ्ख्या पनि अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर छ । गएको आर्थिक वर्षमा १३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक वर्षमा बाँके प्रहरीले ४ किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता सङ्ख्या पनि अघिल्लो आर्थिक वर्ष भन्दा बढेको छ । २०७८/७९ मा ११५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको तथ्याङ्क बाँके प्रहरीमा छ ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागू औषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने सङ्ख्या दुवै केही घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकोमा गत वर्ष ११२ मुद्दा दर्ता भएका छन् । यस्तै अघिल्लो वर्ष १९६ जना पक्राउ परेकोमा यस पटक १८५ जना पक्राउ परेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #बाँके प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्