वीरगञ्ज भन्सारद्वारा आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन
वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित एकीकृत भन्सार जाँच चौकी आइसिपी वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा राजस्व असुलीको लक्ष्य भेटेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले एकीकृत भन्सार जाँच चौकी आइसिपीलाई २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार राजस्व असुलीको लक्ष्य तोकेकोमा भन्सारले एक वर्षमा २ खर्ब ४ अर्ब १२ करोड ३ लाख ५९ हजार अर्थात् लक्ष्य भन्दा १ अर्ब १० करोड बढी राजस्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।
आयात निर्यात वीरगञ्ज नाकाबाट बढ्दै जानु र इन्धन, सवारी साधनको आयात समेत बढिरहेका कारण वीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व असुल गर्न सफल भएको पौडेलले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/०७८ मा वीरगञ्ज भन्सारले १ खर्ब ७० अर्ब ५ करोड ४७ लाख ९३ हजार राजस्व असुली गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #आइसिपी वीरगञ्ज भन्सार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्