भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्धारा खेत जोत्नमा रोक
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ ।
नेपाल–भारत सीमा क्षेत्र नजिक स्थानीय इन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जावाल जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको बताइएको छ ।
एसएसबीले खेत जोत्न नदिएर इन्द्र बहादुरले प्रशासनसँग गुहार मागेपछि नेपाल तर्फका स्थानीय नागरिकहरू र सुरक्षा अधिकारीको टोली विवाद स्थलमा पुगेको थियो । भारतीय पक्षको दादागिरी भन्दै स्थानीयहरूले विरोध जनाएका छन् ।
यसैबिच, उक्त विवादका विषयमा सोमबार अपराह्न दुवै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधिहरूबिच स्थानीय स्तरमा बैठक बसी छलफल गरिएको कञ्चनपुर स्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले जानकारी दिनुभयो ।
उहाँका अनुसार, हाललाई सीमा पिलरदेखि दुवैतर्फ दुई–दुई मिटरसम्म कुनै पनि गतिविधि नगर्ने सहमति भएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्