तनहुँमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु
तनहुँ । तनहुँको व्यास–११ सेरामा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा व्यास–११ का २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
मृतक सुनार मोटरसाइकलको पछाडि सवार थिए ।
मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार भने घाइते भएको र उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ग१५प ६५०४ नम्बरको मोटरसाइकललाई ग१क २६८३ नम्बरको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस माया युनिभर्स स्कुलको रहेको प्रहरीले जनाएको छ । बस सडकभन्दा केही तल पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्