खानेपानी तथा सरसफाइ विधेयक,२०७६ राष्ट्रियसभामा पेश

काठमाडौँ । खानेपानी तथा सरसफाइ विधेयक,२०७६ राष्ट्रियसभामा पेश भएको छ
राष्ट्रियसभाको आजको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक सभासमक्ष पेश गर्नुभयो ।
विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीमा देखिएका यावत समस्याको दीर्घकालीन समाधानका लागि विधेयकलाई चाँडै कानुनी रूप दिनुपर्ने बताउनुभयो ।
यस्तै, शपथ सम्बन्धी विधेयक,२०७८ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पनि राष्ट्रिय सभामा पेश भएको छ ।
समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले उक्त प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते बुधबार दिउँसो १ः०० बजे बस्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उमाकान्त चौधरी, #खानेपानी तथा सरसफाइ विधेयक, #राष्ट्रियसभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्