पहिलो सोमबार सप्तरीका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो
सप्तरी । आज साउन महिनाको पहिलो सोमबार सप्तरीका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
सप्तरीको धर्मेश्वर महादेव मन्दिर, शम्भुनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर र हरिन्नदेश्वर मन्दिर लगायत शिवालयहरूमा पूजा अर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।
भगवान् शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार । हिन्दु धर्मावलम्बीहरू शिवालयहरूमा बिहानैदेखि पूजा अर्चना, जर्लापण तथा बिहान ४ बजेदेखि फूल माला , बेलपत्र, धतुरो, मिष्ठान्न तथा विभिन्न किसिमका फलफूल सहित रङ्गीचङ्गी भेषभूषामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरू मन्दिरमा भिड लाग्ने गर्दछन् ।
यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँच वटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् ।
यस साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्दा विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महिनामा भगवान् शिवलाई खुसी पार्नुपर्छ भन्ने गरिन्छ ।
साउन महिनामा बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । साउनभर भोलेनाथलाई जल र बेलको पात चढाउँदा राम्रो हुने जनविश्वास रहिआएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भक्तजनको घुइँचो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्