प्रेस युनियनकोने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने
काठमाडौँ। नेपाल प्रेस युनियनको यही साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको स्थानीय समन्वय समितिका सहसंयोजक गिरिजाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँले युनियनको महाधिवेशनका लागि आवास, भोजन, अधिवेशनस्थल व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको र स्वागत गेट निर्माण, निमन्त्रणा कार्ड, ब्यानर बनाउनेलगायतका कार्य पनि तीव्रताका साथ भइरहेको जानकारी दिनुभयो ।
आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको तथा महाधिवेशनस्थल नजिकै भोजनको व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनमा देशभरका करिब एक हजार ६०० प्रेस युनियनका प्रतिनिधि र अतिथिको सहभागिता रहने उहाँले बताउनुभयो ।
साउन ६ गते उद्घाटन हुने महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने जनाइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको थियो । त्यसको सहसंयोजकमा केन्द्रीय सदस्य अधिकारी रहनुभएको छ ।
आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारीमा रुपेश दुलाल, भोजन व्यवस्थापनमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसार केशव समपर्णको नेतृत्वमा भइरहेको जनाइएको छ ।
महाधिवेशन सम्पन्न गर्नका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा, विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहनुभएको छ भने कार्यवाहक महासचिव भीष्मराज ओझाले प्रतिनिधि व्यवस्थापनको काम गरिरहनुभएको छ । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरी तीव्रताका साथ महाधिवेशन लक्षित कार्य भइरहेको कार्यवाहक महासचिव ओझाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : ##नेपाल प्रेस युनियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्