ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित
काठमाडौं । सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् ।
परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष शर्माले ७७२ मत प्राप्त गरे भने अधिकारीले ५६८ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६), गीता गुरुङ (५७८) र सहदेव धमला (६८३), महासचिवमा राजीव पाण्डे (६८१), सचिवमा रामचन्द्र गिरी (६५३) र कोषाध्यक्षमा पुण्यराम लगेजु (६३४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले जानकारी दिए ।
यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला शिङ्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी विजयी भएका छन् । कूल १५ सदस्यका लागि भएको निर्वाचनमा एक हजार ५९८ मतदातामध्ये झण्डै एक हजार ४०० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
मतगणना सम्पन्न भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दैै नवनिर्वाचित अध्यक्ष शर्माले समग्र ठमेल क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हाम्रो ठमेल, राम्रो ठमेल निर्माणका लागि आफू कटिवद्ध भएर लाग्ने बताए ।
एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसक्नुभएका शर्माको स्थायी घर बाग्लुङ हो । उनी लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा सङ्लग्न छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #ठमेल पर्यटन विकास परिषद्, #भविश्वर शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्