राजनीतिमा नयाँ चर्चाः प्रचण्ड प्रधानमन्त्री आरजु उपप्रधानमन्त्री !
-एसपी उप्रेती
काठमाडौँ, १ साउन । नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।
शुक्रबार भारत भ्रमणका लागि गएका सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केही दिन अघिदेखि नै भारतमै रहेकी कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीचको भेटवार्ताले राजनीति तरंगित बनेको हो ।
विशेषगरी उनीहरुबीच दिल्लीमा भेट हुनुले आशंकाको रुपमा हेरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता विष्णु रिजालले उनीहरुबीचको भेटलाई २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाडको भद्दा झल्को दिएको टिप्पणी गरेका थिए ।
त्यस्तै, २०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्थ गर्नु अघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच दिल्लीमै भेटावर्ता भएको स्मरण गर्दै यस्ता हर्कतले नेपालीको स्वाभीमान गिरेको टिप्पणी रिजालको छ ।
प्रचण्ड र आरजुबीच सत्ता बाँडफाँडदेखि नेपालको नयाँ नक्सा सच्याउनेसम्मका कुराहरु सहमति भएको भन्दै सामाजिक सञ्जाल तात्यो ।
यता नेपालमा भने राजनीतिक व्यक्तिहरुबीच भने सत्ता गठबन्धनले नै आगामी निर्वाचन लडेर बहुमत आए अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र आरजु उपप्रधानमन्त्री बन्ने चर्चा सुरु हुन थालेको छ ।
यस बारेमा माओवादी नेताहरु तथा कांग्रेसका एक वृत्तमा पनि यसको सम्भावनाको कुरा अघि बढिरहेको बताइन्छ ।
एक माओवादी नेताका अनुसार आगामी निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । यसबारेमा शीर्ष नेताहरुबीच सहमति समेत भएको ति नेताको दावी छ ।
तर यो चर्चा तब सुरु भयो जब दिल्लीमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई साक्षी राखेर नेपालका पूर्वप्रधानमन्त्री प्रचण्ड र हालका प्रधानमन्त्री देउवा पत्नी आरजुबीच भेटवार्ता भयो ।
त्यसो त प्रचण्डको सचिवालयले भेटघाटमा त्यस्तो केही पनि सहमति नभएको दावी गरेर धारणा सार्वजनिक गरेको छ । खैर, यदि नेपालको परिपेक्ष्यमा प्रचण्ड छिट्टै प्रधानमन्त्री बने अचम्म मान्नुनपर्ने राजनीतिक विश्लेषकहरुको ठम्याइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्ड प्रधानमन्त्री आरजु उपप्रधानमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्