जसपामा फेरि बिद्रोह, केन्द्रीय नेतासहित ४६९ जनाद्वारा पार्टी परित्याग
पर्सा, ३२ असार । जनता समाजवादी पार्टी (जसपा) मा फेरि विद्रोह भएको छ ।
केन्द्रीय सदस्यसहित प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन् । केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्यसहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरूले पार्टी परित्याग गरेका हुन् ।
जसपाका केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू कृष्णमोहन यादव, राजवली यादव, प्रदीप चौधरी, चन्द्र नेवार, शोभा यादव, सत्यदेव प्रसाद यादव, कुमारी लामा तामाङ गरी ६९ जना रहेका छन् ।
वीरगञ्जमा शनिबार पत्रकार सम्मेलन गरेर उनीहरूले जसपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #जसपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्