Techie IT
शुक्रबार, असोज ३०,२०८३

तारकेश्वरमा दृष्टिविहिन विध्यार्थिहरुका लागी सहयोग गर्ने पाकिस्तानी दूतावासलाई धन्यवाद कार्यक्रम सम्पन्न


काठमाडौं । पाकिस्तानी दुताबासको सहयोग तथा एरोमा ट्राभल्सको अगुवाइमा तार्केस्वर नगरपलिका भित्र गरेको विभिन्न मानविय सहयोग र पृथ्वीनारायण मावि  ,ता न पा ५ का २० जना दृट्रि बिहिन बिद्यार्थीहरुका लागी गरेको छात्रवृत्तिका लागि धन्यवाद तथा कृतज्ञता कार्यक्रम आज एक विशेष समारोह बिच सप्पन्न भएको छ ।

शेषमतीमा अवस्थीत दियालो फुड ल्याण्न्मा आयोजना गरियको धन्यवाद तथा कृतज्ञता कार्यक्रममा प्रमुख अतिथी पाकिस्तानका माहामहिम राजदुत सैयद हैदर शाहा प्रमुख अतिथि हुनुहुन्थीयो भने सभापतित्व एरोमा ट्राभल्स का प्रबन्ध निर्देसक तथा दियालो फुडलान्ड शेषमतीका डाइरेक्टर बिष्णु कार्कीले गर्नु भयको थियो ।

समारोहमा विशेष अतिथी सर्बोच्च अदालतका पुर्ब बरिष्ठ न्यायाधीश सारदा प्रसाद घिमिरे, विशेष अतिथी तार्केस्वर नगरपालिकाकि उपमेयर श्रीजना बुर्लाकोटी अर्याल, विशेष अतिथी मेलम्ची खानेपानी लिमेटेडका सस्थापक निर्देशक तारा प्रसाद भट्टराई तथा पाकिस्तान एम्बेस्सीका काउन्सिलर जनरल , डिफेन्स एटाची, फस्ट सेक्रेटरी , थर्ड सेक्रेटरी, मिसेस एम्मबासडर, अफिसरहरु, तार्केस्वर वडा नम्बर ४ अध्यक्ष नरेन्द्र दास श्रेष्ठ , ५ का अध्यक्ष सम्भु फुयाल , पुर्ब वडा अध्यक्षहरु , नगर सदस्यहरु, समाज सेवि, पत्रकार तथा एरोमा ट्राभल्स र समाज सेवा मन पराउने ब्याक्तीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथी महामहिम राजदुत सैयद हैदर शाहाले आगामी दिनमा तार्केस्वर भित्र अन्य सहयोग जारी रहने र आतिथ्य र सम्मानको लागि तार्केस्वर बासी, पृथ्वीनारायण बिद्यालय र बिसेष गरेर एरोमा ट्राभल्स, दियालो फुडलान्ड र बिष्णु कार्कीलाई ब्यक्तिगत र एम्बेस्सी परिवारको तर्फबाट हार्दिक आभार ब्यक्त गर्नु भयो । तार्केस्वर नगरपालिकाकी उपमेयर श्रीजना बुर्लाकोटी अर्यालले पाकिस्तान एम्बेस्सीको मानवीय सहयोगको लागि नगरपालिकाको तर्फबाट धन्यवाद र आगामी दिनमा अरु गरिब तथा जेहन्दार बिद्यार्थी को लागि छात्र बृतीका लागि आशा बादी रहेको र एरोमा ट्राभल्स को सामाजिक कामका लागि धन्यवाद दिनुभयो ।

न्यायाधीस सारदा प्रसाद घिमिरे र मेलम्ची खानेपानी को सस्थापक निर्देसक द्वयले समाज परिवर्तन र बिकास मा मानबिय सहयोग र दुई देशिय सहयोग मा यस्तो कार्यक्रम ले सकारात्मक सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो , पृथ्वीनारायण माबी का प्रधान अध्यापक नारायण शर्मा ले स्वागत मन्तव्य ब्यक्त गर्नुभय को कार्यक्रम मा , नर्था काठमाडौ का सदस्य श्री राम केसि ले शुभकामना मनतब्य दिनुभएको थियो ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #पाकिस्तानी दूतावासलाई धन्यवाद


तपाईको कमेन्ट लेख्नुहोस्