अवैध ६७.६५ क्युफिट काठसहित बोलेरो गाडी बरामद
चितवन । चितवन प्रहरीले ६७.६५ क्युफिट सालको गोलिया सहित बोलेरो गाडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको गस्ती टोलीले भरतपुर महानगरपालीका वडा नंम्बर ११ स्थित नवजागृती सामुदायीक वनमा अबैध रुपमा लैजाँदै गरेको ना.४. च. ४४१२ नम्बरको बोलेरो गाडीमा ओसार पसारको लागी लोड गरी राखिएको अवस्थामा ६७.६५ क्युफिट काठ फेला परेको चितवन प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाडी र काठलाई थप आवश्यक कार्वाहीको लागी आज (शनिबार) डिभिजन वन कार्यालय भरतपुर चितवन पठाइएको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्