नेप्से परिसूचक ७.९३ अंकले बढ्यो
काठमाण्डौं । चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढेको छ । शुक्रबार नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५४ अंकले बढेको छ ।
शुक्रवार नेप्सेको २ घण्टामा भएको २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता शेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम घटेको छ । बिहीबार २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ७ उपसमूहका सूचक घटेका छन् । जसमा लघुवित्त उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ । त्यस्तै, म्युचुअल फण्ड र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । तर बाँकी अन्य उपसमूहको परिसूचक १.६८ प्रतिशतले घटेका छन् ।
शुक्रवार ३ ऋणपत्रको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकको ऋणपत्रको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता, ग्रिनलाइफ हाइड्रोपावरको शेयरमूल्य ५.३१ प्रतिशत, माउण्टेन हाइड्रो र रिभर फल्स पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावरको १९ करोड ७२ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । एभरेष्ट बैंकको करिव ७ करोडको शेयर कारोबार भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्से
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्