जिल्ला कारागार मोरङमा कोरोना संक्रमणको जोखिम
काठमाडौँ । जिल्ला कारागार मोरङमा कोरोना संक्रमण फैलिएको छ ।
विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनदेखि संक्रमण फैलिरहेको छ ।
कारागारले १९ जनालाई कोशी अस्पताल भर्ना गरेकोमा एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् ।
जसमध्ये १६ जनामा कोरोना पुष्टि देखिएको छ । दुई जनालाई भने कोरोना नेगेटिभ देखिए पनि लक्षण भने मिल्दोजुल्दो रहेको छ ।
कारागारमा एक हजार ८७ जना कैदीबन्दी रहेका छन् । जुन कारागारको क्षमता भन्दा ३०० भन्दा बढी हो ।
बिहीबार अस्पतालमा भर्ना गरिएकाहरुको कोरोना पोजेटिभ देखिएको र सबैको परीक्षण गराउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ ।
बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।
उनको कोरोनासँग मिल्दोजुल्दो लक्षण रहे पनि परीक्षण नगरिएको जनाइएको छ । ज्यान मार्ने मुद्दामा सजाय काटिरहेका उनलाई १०४ डिग्री ज्वरो आएको थियो । उनको शव परिवारले बुझिसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला कारागार मोरङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्