मेलम्ची नगरपालिकाले पायो बागमती प्रदेशको विपद्सेवी पुरस्कार
सिन्धुपाल्चोक । बागमती प्रदेशको विपद्सेवी पुरस्कार मेलम्ची नगरपालिकाले पाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बागमती प्रदेश सरकारले मेलम्ची नगरपालिकालाई सम्मान गरेको हो ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय एवं सम्मान र पदक सिफारिस समितिले पदक तथा सम्मानका लागि सिफारिस गरेको थियो । समितिका अध्यक्ष कृष्णप्रसाद शर्मा खनालले २०७९ जेठ १५ गते सम्मान घोषणा भएको जानकारी दिनुभयो ।
विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढी र अन्य विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेश सरकारले सम्मान गरेको हो ।
सम्मानपत्र ग्रहणपश्चात् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा विपद् प्रभावितको पुनःस्थापना तथा स्थायी आवास निर्माणका लागि प्रदेश सरकार सङ्घ सरकारको सहयोगको अपेक्षा राख्नुभयो ।
उहाँले स्थानीय तह मेलम्ची एक्लैले केही गर्न नसक्ने भन्दै बाढी प्रभावितको पुनरुत्थानका लागि प्रदेश सरकारले चासोका साथ हेर्नुपर्नेमा जोड दिनुभयो ।
उद्धार तथा राहतको काममा स्थानीय सरकारले भ्याएसम्मको काम गरेको उल्लेख गर्दै तामाङले आगामी दिनमा पनि हातेमालो गर्दै तीनै तहसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बागमती प्रदेशको विपद्सेवी पुरस्कार, #मेलम्ची नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्