जुम्लामा विद्युतगृह भासिँदा एकै घरका तीन जनाको मृत्यु
जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिही स्थित भित्री खोला लघु जलविद्युत आयोजनाको विद्युत् गृह भासिएर भत्कीदाँ एकै घरका तीन जनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे २ बजे आयोजनाको विद्युत् गृह भासिँदा एकै घरका आमा, २ दुई छोरासहित तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा आमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिनुभयो ।
उक्त विद्युत् गृहका चौकीदार विमलाका श्रीमान् गोरख बहादुर रावत हुन् । श्रीमान् गाउँको काममा जाँदा कहिलेकाही श्रीमतीले ड्युटी गर्दै आउनु भएको थियो ।
बिहीबार राती विद्युत् गृहमा २ छोरा आमा सुतिरहेकै अवस्थामा विद्युत् गृह भासिएपछि घटनास्थलमै उहाँहरुको मृत्यु भएको भट्टले जानकारी दिनुभयो ।
घटना स्थलतर्फ जिल्ला प्रहरी कार्यालयको टोली गएको छ । शवको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हिमा गाउँपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्