कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने घोषणा
काठमाडौँ, ३१ असार । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने घोषणा गरेको छ ।
कान्तिपुर टेलिभिजन स्थापनाको २० औं वर्षका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी गर्ने जानकारी दिएका हुन् ।
उनले सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको बताए ।
जसका लागि अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कान्तिपुर टेलिभिजन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्