“शान्तिमाला” पदकबाट चितवनका प्रहरी प्रमुख नवराज अधिकारी सम्मानित
चितवन । बागमती प्रदेश सरकारले चितवनका प्रहरी प्रमुख नवराज अधिकारीलाई ‘शान्तिमाला’ पदकले सम्मान प्रदान गरेको छ ।
हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो (बिहीबार) आयोजित पद वितरण समारोहमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले पदक वितरण गरेका हुन् ।
शान्ति तथा अमन चयन कायम गर्न उल्लेखनिय योगदान पुर्याएवापत जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सम्मानस्वरुप ‘शान्तिमाला’ पदक वितरण गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयको कार्य सम्पादनको मुल्यांकन आधारमा उनलाई पदकसहित सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । चितवनका एसपी अधिकारीलाई प्रदेश प्रमुख शर्माले पदक लगाइ दिनुका साथै प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मानपत्र प्रदान गरेका थिए ।
प्रदेश सरकारले आन्तरिक मामिला मन्त्रालयको सिफारिसमा गणतन्त्र दिवसका दिन पदक तथा सम्मान प्राप्त गर्नेको नामावली घोषणा गरेको थियो ।
पदक तथा सम्मान वितरणपछि मुख्यमन्त्री पाण्डेले पदकले थप जिम्मेवारी बोध गराउने बताउँदै प्रदेश सरकारले जनताका लागि अहोरात्र खट्न जिम्मेवारी बोध गराउँदै पदक र सम्मान वितरण गरिएको बताए ।
गणतन्त्र दिवसका अवसरमा प्रदान गरिएको पदक भएपनि उक्त समयमा समय अभाव भएका कारण अहिले कार्यक्रम राखिएको उनलेे स्पष्ट पारेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्