गाई/गोरुको जस्तो देखिने मासु सहित तीन जना पक्राउ
चितवन । चितवनमा गाई/गोरुको जस्तो देखिने मासु सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अटो चालक धादिङ रुवी भ्याली वडा नंम्बर ५ बस्ने २८ बर्षीया शंकर तामाङ, भरतपुर १० बस्ने ४५ बर्षीया प्रतिक ठकुरी र कास्की पोखरा महानगरपालिका वडा नंम्बर ११ बस्ने ३५ बर्षीया होम घिमिरे रहेका छन् ।
उनीहरुलाई प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीको चेकिङ टोलिले आज बिहीबार बिहान ०३:३० बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ह ३९६९ नंम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटोमा प्लास्टिकको बोरामा लुकाई छिपाई ल्याएको गोरु/गाईको जस्तो देखिने मासु (मांस), खुट्टा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरु विरुद्ध पशुंपन्छि सम्बन्धी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्