‘रुटिन अफ नेपाल बन्द’लाई मेयर बालेन्द्रद्धारा १ करोड बजेट विनियोजन
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा झन्डै ३४ लाख फ्लोअर रहेको ‘रुटिन अफ नेपाल बन्द’ पेजका बारेमा सामाजिक सञ्जाल चलाउने धेरैलाई जानकारी नै छ । यसमा आउने सूचनाहरूका आधारमा धेरै समाचारहरू बन्ने र आफ्नो प्रचारप्रसार गर्नका लागि धेरैले पहल पनि गर्दै आएका छन् । पछिल्लो समय सामाजिक सञ्जालबाट चुनावी प्रचार प्रसार गरेर काठमाडौं महानगरपालिकाको बागडोर सम्हाल्न आइपुगेका बालेन्द्र शाह (बालेन) यसको उदाहरण पनि हुन् । सुरु सुरुमा फेसबुकको प्रचारले भोट नआउने आम अनुमानलाई गलत सावित गर्दै महानगरको नेतृत्वमा आइपुगेका बालेनले सुशासनको कुरा गरे पनि उनी अहिले कमाउ धन्दामा लागेको देखिएको छ ।
काठमाडौं महानगरपालिकाले बजेट सार्वजनिक गरे पनि कुन शीर्षकमा कति भन्ने दस्तावेज वेभसाइटमा अझै राखेको छैन । शुक्रबार पारित भएको बजेट पुस्तिका देशान्तरलाई प्राप्त भएको छ । उक्त पुस्तिकाका अनुसार दर्ता नै नभएको ईस्पोर्टसका लागि एक करोड बजेट विनियोजन गरिएको छ । उक्त ईस्पोर्ट नेपालमा भर्खरभर्खर चर्चामा आएको विषय हो भने अझ धेरै अभिभावकहरू छोराछोरी ई स्पोर्टस (मोबाइल गेम)का कारण बिग्रिए भनेर हैरानी जनाइरहेका छन् । बालबालिकाको मनोविज्ञानमा असर गर्ने (पब्जी, फ्रिफाएर) जस्ता ईस्पोर्ट्स गेम प्रवद्र्धन गर्नका लागि महानगरपालिकाले नै एक करोड बजेट विनियोजन गर्नु आफैंमा आश्चर्यको विषय बनेको छ ।
ईस्पोर्टसमा लगानी गर्ने एकमात्र भेन्डरको रूपमा अहिले रुटिन अफ नेपाल बन्द रहेको छ । त्यसका सञ्चालक हुन् भिक्टर पौडेल । भिक्टर पौडेल बालेनलाई काठमाडौंको मेयरमा जिताउनका लागि रुटिन अफ नेपालबन्दको पेज प्रयोग गरेर मत मागेका थिए भने उनी रणनीतिक बैठकहरूमा पनि सहभागी हुने गरेका थिए । बालेनले मेयरमा जिताएबापत भिक्टरलाई महानगरको बजेटबाट गुन तिर्न खोजेका छन् । उनले अहिले ईस्पोर्ट्स प्रतियोगिता आयोजना गर्नका लागि १ करोड बजेट विनियोजन गरेका छन् । महानगरको बजेट पुस्तिकाको क्रम संख्या ८८२ मा ईस्पोर्टसका लागि १ करोड बजेट विनियोजन गरिएको उल्लेख छ । इस्पोर्टसलाई बालेनले नै पहिलो पटक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गराउँदै आफूलाई चुनावमा सहयोग गरेको रुटिन अफ नेपाल बन्दलाई एकै पटक १ करोड दिएर चुनावी खर्च उठाउने रूपमा बुझ्ने गरिएको छ ।
आम अभिभावकहरू छोराछोरी मोबाइल गेमका कारण बिग्रिएको र कतिपय बालबालिकामा समस्या देखिएको अवस्थामा महानगरपालिकाले नै यसरी रकम लगानी गर्ने विषयमा अरू जनप्रतिनिधिहरू भने असन्तुष्ट रहेका छन् । उनीहरूले अन्य खेल संघहरूलाई गर्ने सहयोग र ईस्पोर्टसलाई गर्ने सहयोग समान १ करोड भएकोमा पनि असन्तुष्टि जनाएका छन् । इस्पोर्टस राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता पनि भएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगपालिका, #बालेन्द्र साह, #रुटिनअफ नेपालबन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्