मकवानपुरका १० स्थानीय तहको कुल बेरुजू ६६ करोड ८६ लाख
मकवानपुर। मकवानपुरका १० स्थानीय तहको कुल बेरुजू ६६ करोड ८६ लाख बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका १० स्थानीय तहमा आर्थिक वर्ष २०७६/०७७ भन्दा करिब १० करोड बेरुजू वृद्धि भएको उल्लेख छ ।
आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाका १० स्थानीय तहमा ५७ करोड ७३ लाख ८२ हजार रुपियाँ बेरुजू रहेकामा आर्थिक वर्ष २०७७/०७८ मा त्यो बढेर कुल बेरुजू ६६ करोड ८६ लाख ६९ हजार पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा कम बकैया गाउँपालिकाका १.०२ प्रतिशत र सबै भन्दा बढी मनहरी गाउँपालिकाको १०.२५ प्रतिशत बेरुजू रहेको छ ।
प्रतिवेदन अनुसार बकैया गाउँपालिकाको कुल १ अर्ब ४९ करोड ३८ लाख ४० हजार रुपियाँको लेखा परीक्षण हुँदा १ करोड ५२ लाख ६८ हजार अर्थात् १.०२ प्रतिशत बेरुजूकायम भएको छ । आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम लेखा परीक्षणमा जिल्लाको थाहा नगरपालिकामा सबै भन्दा कम बेरुजु रहेको थियो ।
त्यसैगरी दोस्रो कम बेरुजू बागमती गाउँपालिकाको २.३३ प्रतिशत, तेस्रो हेटौँडा उपमहानगरपालिका ३.१७, चौथो स्थानमा थाहा नगरपालिका ३.९६ प्रतिशत कायम रहेको छ । यस्तै इन्द्रसरोवर गाउँपालिकाको ५.०१ प्रतिशत, कैलाशको ५.३९, भिमफेदीको ४.६९, मकवानपुरगढीो ५.५६, राक्सिराङको ४.१६ र मनहरी गाउँपालिकाको सबैभन्दा बढी १०.२५ प्रतिशत बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मकवानपुर, #स्थानीय तह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्