एमाले अध्यक्ष ओलीद्धारा काठमाडौका मेयर बालेनलाई तबला उपहार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई तबला उपहार दिनुभएको छ ।
हिजो साँझ अध्यक्ष ओलीसँग महानगरका विविध विषयमा कुरा गर्न साह बालकोट जानु भएको थियो । अध्यक्ष ओलीसँग साहले आफूले गर्न चाहेका केही दीर्घकालिन महत्वका कामहरु,देशको राजधानी सहरलाई सुन्दर र सफा बनाउन आफूले ल्याएका योजना आदिका बारेमा कुरा गर्नु भएको थियो । यसका लागि एमालेको पूर्ण साथ चाहिने बालेनले बताउनुभएको थियो । बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले महानगरले अघि सार्ने जनमैत्री काममा एमालेको सधैं साथ रहने र एमालेका जनप्रतिनिधीले सधैं साथ दिने बताउनुभएको थियो ।
अध्यक्ष ओलीले तबला उपहार दिएर पठाउनुभएको थियो । अध्यक्ष ओली र साहबीच करिब एक घण्टा छलफल भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #बालेन साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्