हुम्लाको सुत्केरीले पाएनन् पोषण भत्ता
सिमकोट। हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् । सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरू कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् ।
स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध गराउँदै आएको छ । सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरीको सङ्ख्या बढी र प्रदेशले छुट्टाएको रकम कम भएका कारण उनीहरूले भत्ता पाउनबाट वञ्चित भएका जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ को प्रदेशबाट उपलब्ध गराउँदै आएको सो भत्ता आर्थिक वर्षको अन्तसम्म पनि नपाएपछि उनीहरूले गुनासो गरेका हुन् । स्थानीय गीता परियारले स्वास्थ्य संस्थामा सुत्केरी भए मार्फतको तीन हजार सङ्घ सरकारको ससर्त अनुदान मार्फतको रकम आफूले प्राप्त गरेको भएपनि प्रदेश सरकारले कर्णाली पोषण प्याकेज भनेर छुट्टाएको रकम नपाएको बताउनुभयो ।
यसभन्दा पहिले उक्त रकम स्वास्थ्य सेवा कार्यालयमा आउने र यो वर्षबाट प्रदेशले गाउँपालिका मातहतमा पठाउने गरेको हुँदा स्वास्थ्यकर्मी आफैँ अन्योलमा परेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढी भएका कारण प्रदेश सरकारले छुट्टाएको रकम अपुग भएको हुँदा भत्ता दिन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो ।
उक्त भत्ताका लागि यही असार २० गते रु ९२ हजार निकासा भइसकेको तर उक्त रकम पर्याप्त नभएपछि पुनः बजेट माग गरेको उहाँको भनाइ छ । तर प्रदेशबाट माग स्वीकृत नभएपछि समस्या भएको उहाँको भनाइ छ ।
जिल्लाका सात गाउँपालिकामध्ये चङ्खेलीमा एक लाख ५० हजार, ताँजाकोटमा ६ लाख, नाम्खामा तीन लाख रकम निकासी भई वितरणको प्रक्रियामा रहेको स्वास्थयकर्मीहरुले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##हुम्ला, #सिमकोट गाउँपालिका, #सुत्केरी पोषण भत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्