चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ द्धारा बूढानीलकण्ठ नगरपालिका अवलोकन भ्रमण
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाओले नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
नेपालको ३ दिने भ्रमणमा रहनुभएका प्रमुख लिउ सहितको टोलीले बुढानिलकण्ठ नगर कमिटी र वडा नं ८ का वारेमा जानकारी लिनुका साथै स्थानीय कमिटी परिचालन र संचालनका वारेमा छलफल समेत गरेको थियो ।
सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा.राजन भट्टराई , प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी ,जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामा ,नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल ,उपाध्यक्ष शम्भु भट्टराई ,सचिव श्रीकृष्ण श्रेष्ठ ,उपसचिव धोर्जे लामा र सुनिता गुरुङ सहित वडा नं १३ र ५ का सांस्कृतिक समुहले चिनिया टोलीलाई नगर तथा वडा कार्यालयमा स्वागत गरेका थिए।
नेपालका कम्युनिष्ट पार्टीका स्थानीय कमिटीहरुको अवस्था ,संचालन प्रक्रिया र सहभागिताका वारेमा जानकारी लिने चिनिया टोलीको तालिका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कार्यालयमा अवलोकन भ्रमण गरिएको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #बुढानिलकण्ठ, #लिउ चियानछाओ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्