Techie IT
आईतबार, कात्तिक ९,२०८३

अबिरल वर्षातका कारण धेरै जसो बुढानीलकण्ठ र टोखामा डुवान


बुढानीलकण्ठ नगरपालिका वडा नं ६ र टोखा नगरपालिका वडा नं ४ को सिमानामा आज मिति २०७९-०३-२८ गते मंगलबार अबिरल वर्षातका कारण धेरै जसो स्थानमा डुवान भएको छ ।

वडा नं ६ र ७ को अध्यक्ष ज्यू, चक्रपथ प्रहरी प्रभाग, बूढानीलकण्ठ नगर प्रहरी र स्थानियहरुको साथ र सहयोगमा पानीलाई डाइभर्जन गर्ने कार्य गरिएको छ । पानी घरमा पसि भौतिक क्षति भएपनि हाल सम्म मानविय क्षति भएको छैन ।

करिव  ८००- १००० थान बोरामा माटो भरि बाध बनाउने कार्यमा जुटि पानिलाई मानिसको घर सम्म पुग्नबाट रोक्ने कार्यमा स्थानिय र जनप्रतिनिधि लाग्ने वडा अध्यक्ष बस नारायण श्रेष्ठले बताए ।

बुढानिलकण्ठ ६ रटोखा ४ का जनप्रतिनिधि बसेर समस्याको दिगो  समाधानका लागि छलफल गर्ने वडा नं ६ का  अध्यक्ष रवि खड्काले जानकारी दिएका छन  ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्