चितवनमा लागूऔषधसहित एक जना पक्राउ
चितवन । प्रतिबन्धित लागूऔषध सहित एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (सोमबार) साँझ पाँच बजेको समयमा अस्थायी प्रहरी बिट गणेशस्थानबाट खटिएको प्रहरीको गस्ती टोलिले भरतपुर महानगरपालीका वडा नं. ११ गणेशस्थान स्थित सडकमा शंकास्पद रुपमा उभिईरहेको अवस्थामा भारत मोतिहारी घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २ बस्ने २० बर्षीया तफिक उमरलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट प्रहरीले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नुफ्रिन ५९ एमपुल, डाइजेपाम ४९ एम्पुल र फेनारगन ८५ एम्पुल गरी १९३ एम्पुल फेला परेको छ ।
उनी विरुद्ध प्रतिबन्धित लागूऔषध ओसारपसार शीर्षकमा थप अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्