मनाङको बाढीले क्षतिग्रस्त नासों र चामे गाउँपालिकामा बजेट थप
मनाङ । गतवर्ष जेठ र असारमा मर्स्याङ्दी नदीमा आएको बाढीले क्षतिग्रस्त नासों र चामे गाउँपालिकामा बजेट थप गरिएको छ । क्षतिग्रस्त क्षेत्रको पूर्वाधार विकास, मर्मत र संरक्षणका लागि हिमाली जिल्ला मनाङको प्रदेशसभा ‘क’अन्तर्गत आर्थिक वर्ष २०७९/८०का लागि विभिन्न योजनामा गण्डकी प्रदेश सरकारले बजेट थप गरेको हो ।
प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेको पहलमा क्षतिग्रस्त क्षेत्रको मर्मत सम्भार सहित संरक्षणका लागि बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशले क्रमागतअन्तर्गत जिल्ला अस्पतालको भवन निर्माणका लागि रु ६ करोड, चामे गाउँपालिकाको बस्ती विकास र सडक स्तरोन्नतिमा रु एक करोड, बाढीले क्षतिग्रस्त बनाएको लोकप्रिय माध्यमिक विद्यालय संरक्षणका लागि रु ४० लाख र सोही विद्यालयको छात्रावास निर्माणका लागि रु ७० लाख बजेट विनियोजन गरिएको सदस्य घलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विशेष अनुदानको रुपमा चामे बजार एकीकृत सहरी पूर्वाधार विकासका लागि रु ८७ लाख र थान्चोक स्वास्थ्य चौकी भवन निर्माणका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । थान्चोक गाउँ संरक्षणका लागि रु २० लाख, चामे घट्टेखोला सडक पुल निर्माणका लागि रु २५ लाख, चामे नयाँ बजार संरक्षणका लागि घट्टेखोला नियन्त्रणमा रु १५ लाख, शिव, सरस्वती, भगवती मन्दिरमर्मतका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।
त्यस्तै चामेपारी गुम्बामर्मतका लागि रु पाँच लाख, चामेपारी माने मर्मतका लागि रु पाँच लाख, क्रमागतअन्तर्गत बिपी स्मृति भवन निर्माणका लागि रु १५ लाख विनियोजन गरिएको छ । यसैगरी विभिन्न वडाका पुराना संरचना जीर्णोद्धार, विकास निर्माण र क्रमागत आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
सबै योजनालाई छिटो, छरितो, प्रभावकारी कार्यान्वयन तथा गुणस्तरीय र पारदर्शी कार्यका लागि स्थानीय जनप्रतिनिधि, सबै सरोकारवाला र विषयगत कार्यालयलाई आवश्यक सहयोग र समन्वय गर्न सदस्य घलेले आग्रह गर्नुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी प्रदेश सरकार, #मनाङ, #मर्स्याङ्दी नदी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्