१६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ सुवानाका १६ वर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ वर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागी बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो ।
घटनामा संलग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #छुरा प्रहार गरी हत्या, #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्